एकिकृत समाजवादीद्धारा पार्टीका एजेन्डा जनतामाझ पु¥याउन प्रचार डेस्क स्थापना


appharu

१५ बैशाख २०७९, बिहीबार १८:१९ मा प्रकाशित

पालिकापत्र
बुुटवल । नेकपा एकिकृत समाजवादी रुपन्देहीले प्रचार प्रसारलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । विहिबार बुटवलमा बसेको प्रचार विभागको बैठकले समाजवादीका तर्फबाट उम्मेद्वारहरुको चुनावी ऐजेन्डा, स्थानीय तहका लागि बनाएका योजनाहरुलाई प्रचार प्रसारमा सहयोग गर्ने गरि प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख सरिता श्रीसको अध्यक्षत तथा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा। बालकृष्ण चापागाईको प्रमुख आतिथ्यतामा बसेको बैठकले बुटवल र भैरहवामा प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।

प्रचार डेस्कले भ्रमहरुलाई चिर्दै उम्मेद्वारहरुको ऐजेन्डा आम जनतामाझ पुु¥याउन समन्वयन गर्ने जनाइएको छ । पछिल्लो समय निर्वाचन भडकिलो र खर्चिलो बन्दै गएको अवस्थामा समाजवादीका उम्मेद्वारहरुको ऐजेन्डालाई जनताको विचमा लैजाने गरि काम गर्नुुपर्नेमा पार्टीका इन्चार्ज डा। चापागार्ईंले आग्रह गरे । उनले उम्मेद्वारहरुको सत्य र यर्थाथ विवरण मात्रै सार्वजनिक गर्न सके जनताले को सही को बेठिक भन्ने छुुट्याउने बताए ।

नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष राजु गुरुङले आफूहरुल एमालेमा दक्षिणपन्थी अवसरवाद हावी भएकाले त्यहाँबाट विद्रोह गरेर बनेको पार्टी भएको बताए । उनले आफूहरुले सबै वर्ग क्षेत्र समुदायको प्रतिनिधित्व हुने गरि उम्मेद्वार तय गरिएको बताए ।

प्रचार विभागका प्रमुख सरिता श्रीसले प्रचार डेस्कले प्रोपोगान्डा भन्दा पनि सत्य र तथ्यका आधारमा समाजवादीको ऐजेन्डा जनतामाझ पुु¥याउनुपर्ने बताईन । प्रचार डेस्कमा समाजवादी प्रेस संगठन रुपन्देहीले समन्वयको भूमिका निर्वाह गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्