एमाले उम्मेदवार स्थापितको आपत्तिजनक अभिव्यक्ति, चुनावमा दण्डित गर्नुुपर्ने महिला अधिकारकर्मीको अपील


appharu

१५ बैशाख २०७९, बिहीबार २१:५४ मा प्रकाशित

पालिकापत्र
काठमाडौं । काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले नारीमाथि हिंसाजनक व्यवहार दोहो¥याएका छन् । बिहीबार काठमाडौंमा नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टु आरोपको बारेमा प्रश्न गर्दा उनी आफू बसेको कुर्सीबाट नै उठेर प्रश्न गर्ने विरुद्द नै जंगिए । र नारीमाथि हिंसा झल्किने अभिव्यक्ति दिए । उनले भने –म जत्तिको मान्छेलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ ।’ स्थापितले प्रश्न गर्नेविद्यार्थी प्रति थप जंगिदै भने यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन ।

यति भने पछि स्थापितलाई त्यहाँ सहभागी मेयरका उम्मेदवारहरुले आफ्नो स्थानमा बस्नको लागि ताने । उनी बस्न त बसे । उनलाई विवेकशील साझा पार्टीको तर्फबाट महानगरको उम्मेदवारी दिएकी समिक्षा बास्कोटाले सम्झाउन प्रयत्न गर्दै थिइन । तर उनी फेरि जंगिए । रिसले चुर भएका स्थापित फेरि जंगिदै उठे र भने ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ ।’

स्थापितले प्रश्नको खण्डन गर्ने क्रममा ‘म भोलि यो महिलाले प्रोस्टिच्यूसन (वेश्यावृत्ति) गर्छ भनेर छपाउँ’ भनेर पनि धम्की दिएका छन् ।

स्थापितको यो अभिव्यक्ति सार्वजनिक मञ्चबाट जिम्मेवार व्यक्तिले महिलामाथि गरेको हिंसाकै अर्को रुप भएको महिला अधिकारकर्मी कमला विश्वकर्मा बताउँछिन् ।

उनले भनिन्, ‘यस्तो मान्छेलाई निर्वाचन आयोगले पनि उम्मेदवार बनिरहन दिन्छ भने त्यो आयोगको पनि गल्ती हुन्छ, यो विषयमा सबैले जबरजस्तरुपमा प्रश्न उठाउन जरुरी छ ।’

संघीय राजधानीको मेयरका उम्मेदवार स्थापितको नारीमाथि हिंसाजन्य व्यवहारको महिला अधिकारकर्मीहरुले आपत्ति जनाएका छन्् । एक महिला अधिकारकर्मी कमला विश्वकर्माले भनिन्–यस्तो गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिने व्यक्ति मेयर भएपछि झन् के अवस्था होला ?–विश्वकर्माले भनिन्–‘चनावमा यस्तो बोल्ने पार्टीका उम्मेदवारलाई जनताले विवेक पु¥याएर सजाय दिनुपर्छ, दण्डित गर्नुवपर्छ । ’

प्रतिक्रिया दिनुहोस्