शिवराज नगरका कलम चुनाव चिह्नका उम्मेद्वार घरदैलोको व्यस्त


appharu

१६ बैशाख २०७९, शुक्रबार १२:५८ मा प्रकाशित

पालिकापत्र, शिवराज ।
आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा शिवराजको बामगठबन्धनका उम्मेद्वारले घरदैलो अभियानलाई तिव्र पारेका छन् ।

नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्र बीच गठबन्धन भएको शिवराजमा उम्मेद्वारहरुले घरदैलो अभियानलाई तिव्र पारेका हुन् ।

गठबन्धनबाट समाजवादीका क्षेत्र बहादुर खत्री मेयरमा र माओवादीका द्रोण बहादुर पुन (दिनेश) उपमेयरमा उठेका छन् ।
नगरको वडा नं. ५ ले घरदैलोलाई तिव्र पारेको जनाएको छ । समाजवादीका नगर अध्यक्ष समेत रहेका सरोज पौडेल यो वडामा वडाध्यक्षका उम्मेद्वार बनेका छन् ।

समाजवादी र माओवादीका उम्मेद्वार रहेका यो वडामा सबै कलम चुनाव चिन्हबाट लडेका छन् ।

वडाध्यक्ष पौडेलसहित कलम चिह्नबाट खुल्ला सदस्यमा पार्वती पन्थ, बतिउल्ला मुसलमान, महिला सदस्यमा सम्झना चौधरी र दलित महिला तर्फ सानुमाया कामी उम्मेद्वार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्