नवज्योति बोर्डिङ स्कूललाई छात्रवृत्ति रकम प्रदान


appharu

१६ बैशाख २०७९, शुक्रबार १७:१९ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । तिलोत्तमा नगरपालिका–८ स्थित नवज्योति बोर्डिङ स्कूललाई ईडीआई ग्लोबल एजुकेसन ग्रुपले छात्रवृत्तिका लागि रकम प्रदान गरेको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ग्रुपका डाइरेक्टर शैलेशकुमार शर्मा र मार्केटि हेड कमल ज्ञवालीले विद्यालयका प्राचार्य टोपबहादुर केसीलाई बीस हजार रुपैयां प्रदान गरेका हुन् । उक्त रकमबाट उपयुक्त विधि बनाएर छिट्टै गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्राचार्य केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्