सिद्धार्थनगरमा कांग्रेस र माओवादीबीच तालमेल


appharu

१६ बैशाख २०७९, शुक्रबार १९:३५ मा प्रकाशित

पालिकापत्र
सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रबीच तालमेल स्थानीय तहको निर्वाचनमा तालमेल गरेका छन् ।


आगामी बैशाख ३० गते स्थानीय हुने निर्वाचनका दागि दुई दलबीच भएको तालमेल अनुसार माओवादी केन्द्रका मेयर उम्मेदवार मनिषकुमार जोशी र कांग्रेसकी उपमेयर उम्मेदवार पल्लवी न्यौपानेले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् ।

अब माओवादी केन्द्रले कांग्रेसका ईस्तियाक अहमद खानलाई र नेपाली कांग्रेसले माओवादी केन्द्रकी कमला थापालाई सहयोग गर्ने छन् । संविधानको रक्षाका लागि पांच दलीय गठबन्धन भएको र गठबन्धनको मर्म अनुसार तालमेल गरिएको नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिस बहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्