मंगलापुर–कान्छीबजार सडक स्तरोन्नति गठबन्धनको पहिलो प्राथमिकतामा : खाँण, एमाले छाडेर ५० जना कांग्रेस प्रवेश


appharu

१८ बैशाख २०७९, आईतवार १८:५६ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा गठबन्धनबाट प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले जीर्ण अवस्थामा रहेको मंगललापुर–कान्छिबजार सडकलाई स्तरोन्नती गरिने बताउनुभएको छ ।
आईतबार तिलोत्तमा वडा नम्बर ७ सेमरा बजारमा गठबन्धनको संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उम्मेदवार खाँणले यो क्षेत्रमा सडकको बेहाल अवस्था हुदा जनताले दुख पाएको उल्लेख गर्नुभयो ।
उहांले भन्नुभयो – ‘अब तपाइहरुले सडकका कारण दुख पाउनु पर्दैन, हामीलाइ चुनाव जिताएर पठाउनुस् ,सडकको स्तरोन्नती हामी गर्छाै ।’
एमालेले चुनाव जित्दा सरकार चलाउन पनि नसकेको र प्रतिपक्षमा बसेर पनि सही काम गर्न नसेकेको भन्दै उहांले तिलोत्तमामा एडिबिले बनाएको मुख्य सडक बाहेकका सबै सडकको अवस्था बेहाल र जीर्ण भएको बताउनुभयो ।
तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने गरि आफुहरुले नयां प्रतिबद्धता पत्र सार्बजनिक गरेको भन्दै उहांले तिलोत्तमाको समग्र बिकासको लागि गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो । उहांले तिलोत्तमामा एमाले नेतृत्वको सरकारले कृषि अनुदानको क्रममा नक्कली गुणस्तरहिन बिउहरु(धान, गहुँ, मकै, आलु लगायत) बितरण गरेर संस्थागत भ्रष्टाचार गरेको आरोप लगाउँदै आफुले भ्रष्टाचारलाई जरैदेखी उखेलेर फाल्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमुख पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले एमाले नेतृत्वको तिलोत्तमाले घोषणापत्र अुनसारको कुनैपनि काम नगरेको टिप्पणि गर्नुभयो । उहांले जनप्रतिनिधिहरू आफुलाई राजा सम्झने गरेको र एमाले कार्यकर्ताका मात्रै काम गरेको आरोप लगाउनु भयो । उहांले गठबन्धन निर्वाचित भएपछि सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा ७ का अध्यक्ष पदका उम्मेद्वार दिनमणी पंगेनीले वडामा सेवा लिने क्रममा एमाले नेतृवको वडा अध्यक्षले भेदभाव गरेको गुनासो गर्नुभयो । नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेद्वार बनेका पंगेनीले आफू निर्वाचित भएपछि सबैलाई समान व्यवहार गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महसमिति सदस्य रोमणी पाठकले गठबन्धन सामान्य परिवेशमा बनेको नभई देशको बिशेष परिस्थितिले निर्माण भएको हुंदा कांग्रेस कार्यकर्ताले गठबन्धनमा घात गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा माओबादी तिलोत्तमा नगर अध्यक्ष बेलप्रसाद शर्मा, माओवादी केन्द्रका नेता सुदिप न्यौपाने, लगायतले बोल्दै गठवन्धनको जित सुनिश्चित भएको बताउनुभयो ।
तिलोत्तमा ७ मा वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनमणी पंगेनी, वडा सदस्यपदका उम्मेद्वारहरु राम प्रसाद न्यौपाने, राम प्रसाद भण्डारी, महिला सदस्यमा रेनु चौधरी र दलित महिला सदस्य कल्पना थापा (रोक्का) रहेका छन् ।
कार्यक्रममा नेकपा एमाले छाडेर ५० जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीलाई कांग्रेस रुपन्देही सभापति एवं तिलोत्तमा नगरपालिकाका मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले पार्टिमा प्रवेश गराएका हुन् ।
तिलोत्तमा नगरपालिका वडा नम्वर ७, ८ र ९ मा गठबन्धनका उम्मेद्वारहरुले घरदैलो गरेका छन् । गठबन्धनबाट मेयर पदका उम्मेद्वार रामकृष्ण खाँण, उपमेयर पदका उम्मेदवार हेमन्त पाण्डे, ७ मा वडा अध्यक्ष पदका उम्मेदवार दिनमणी पंगेनी, वडा सदस्य पदका उम्मेद्वारहरु रामप्रसाद न्यौपाने, राम प्रसाद भण्डारी, महिला सदस्यमा रेनु चौधरी र दलित महिला सदस्य कल्पना थापा (रोक्का)ले संयुक्त रुपमा घरदैलो तथा कोणसभा गरेका हुन् । घरदैलोका क्रममा उम्मेदवारहरुसंग मतदाताले आफ्ना समस्याहरु सुनाएका थिए । भने मतदाताका समस्याप्रति घरदैलोमा पुगेका उम्मेदवारहरुले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
तिलोत्तमालाई शैक्षिक हवको रुपमा बिकास गर्छौ
मेयरका उम्मेदवार रामकृष्ण खाणले तिलोत्तमालाई शैक्षिक हबको रुपमा बिकास गर्ने बताउनु भएको छ । आईतवार तिलोत्तमामा आयोजित नेपाल शिक्षक संघ तिलोत्तमाको नगर प्रतिनिधि सभामा बोल्दै मेयरका उम्मेदवार खाणले आफुले आफ्नो घोषणा पत्रमा नै शिक्षालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै तिलोत्तमालाई शैक्षिक रुपमा उत्कृष्ट नगरको रुपमा अगाडि बढाउने बताउनु भयो ।
उहांले सरकारले ल्याएको बिद्यालय मर्जरको सिस्टमलाई हटाएर बन्द भएका बिद्यालय पुनःस्थापनाको बाटो खोल्ने बताउनु भयो । उहांले तिलोत्तमाको उत्कृष्ट बिद्यालय शान्ति नमुना माबि जत्तिकै बिद्यालय हरेक वडा वडामा बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा तिलोत्तमा नगर अध्यक्ष खेमराज पाण्डे, शिक्षक संघ रुपन्देही अध्यक्ष एव नेपाल शिक्षक महासंघ प्रदेश अध्यक्ष कुल प्रसाद लामिछाने, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष नेत्र पाण्डे लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्