विद्युत आपुर्ति सुचारु गर्न उद्योग वाणिज्य संघको माग


appharu

१८ बैशाख २०७९, आईतवार २२:३३ मा प्रकाशित

पालिकापत्र, बुटवल । विगत एक महिनादेखि विद्युत आपूर्तिमा अनियमितता, ट्रिपिङ तथा लो–भोल्टेजका कारण बुटवल तथा आसपासका उद्योग प्रतिष्ठानहरुमा समस्या उत्पन्न भएको भन्दै बुटवल उद्योग वणिज्य संघ रुपन्देहीले विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । संघले एक विज्ञप्ती जारी गरि अनियमित विद्युत आपूर्तिले उत्पादन आपूर्ति, यन्त्र उपकरण विग्रिने, कच्चा पदार्थको वेष्टेज बढ्ने र जसका कारण उत्पादन लागत बढ्ने भन्दै समस्या समाधानको लागि समेत प्राधिकरण र मातहतका कार्यालयहरुमा आग्रह गरिएको हो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूद्वारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल सरकारले हालै मात्र आयात कमी गर्ने नीति लिएको सन्दर्भमा विद्युतका कारण औद्योगिक उत्पादनको लागत बढ्ने र पेट्रोलियम पदार्थको उपभोग बढ्ने भएकोले समग्र अर्थतन्त्रमा समेत असर पुने देखिएको उल्लेख गरिएको छ ।
त्यस्तै औद्योगिक उत्पादनलाई सहज गर्न र अर्थतन्त्रलाई थप असर पर्न नदिन विद्युत आपूर्तिलाई नियमित गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्