एमालेका प्रदेश कमिटी सदस्यसहित २१ जनाले गरे विद्रोह


appharu

१९ बैशाख २०७९, सोमबार १४:५१ मा प्रकाशित

पालिकापत्र,बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका ६ जना सहित २१ जनाले एमालेबाट विद्रोह गरेका छन् । स्थनीय तह चुनावको टिकट वितरणमा अन्याय गरेको भन्दै उनीहरुले पार्टीबाट विद्रोह गरेका हुन् । प्रदेश कमिटी सदस्यहरुमा कपिलवस्तुका कुमारमधु बेल्बासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल,प्युठानका टिकाबहादुर गुरुङ तथा रुपन्देहीका सन्जय गुप्ता र बाबुलाल यादव रहेका छन् । उनीहरु मध्ये कतिपयले स्थानीय तह चुनावमा उम्मेदवारी दिएका छन् । उनीहरुलाई पार्टीको प्रदेश कमिटीले सोमबार विज्ञप्ति जारी गरी साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको जनाएको छ । यस्तै रुपन्देहीका ७ वटा पालिकामा स्वतन्त्र उम्मेदवारी दिएका सहित १५ जनालाई पनि साधारण सदस्य नरहने गरी पार्टीले निश्कासन गरेको छ । पार्टीबाट टिकट नपाएपछि उनीहरुले वडा अध्यक्ष र सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमा देवदह नगरपालिका–१ का हरिबहादुर तामाङ्ग,वडा नं.५ का तोलराज बि.क., वडा नं.७ का पदम थापा, ओमसतिया गाउँपालिका वडा नं.२ का इन्द्रजित यादव, वडा नं.४ का बेचुराम जयसवाल र वडा नं.४ का रामशंकर चाई रहेका छन् ।
यस्तै रोहिणी गाउँपालिका वडा नं.१ का अनिता हरिजन, २ का कान्छा कोहार,४ का नन्दकिशोर कुर्मी, ५का पशुपतिनाथ यादव,
बुटवल उपमहानगरपालिका वडा नं.१६ की बबिता आचार्य,
सियारी गाउँपालिका वडा नं.४ का श्रीप्रसाद श्रेष्ठ, गैडहवा गाउँपालिका वडा नं.६ का नरेन्द्रप्रताप सिंह, तिलोत्तमा नगरपालिका वडा नं. ६ का हरी पाण्डे र ५ का हरी पौडेलले एमालेबाट विद्रोह गरी उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिएका सबैलाई फिर्ता लिन आग्रह गरिएपनि उनीहरुले अस्वीकार गरेपछि पार्टीले कारवाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्