बुटवलमा २४ वैशाखमा कांग्रेसको आमसभा : देउवा,रामचन्द्र र गगनले सम्बोधन गर्ने


appharu

२० बैशाख २०७९, मंगलवार १८:१० मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देहीको बुटवलमा बैसाख २४ गते नेपाली कांग्रेसले वृहत आमसभा गर्ने भएको छ । देशका प्रमुख १० शहरमा चुनावी सभा आयोजना गर्ने कार्यक्रम अनुसार २४ वैशाखमा रुपन्देहीको बुटवलमा आमसभा हुन लागेको हो । चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगन थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौंमा, २४ वैशाखमा तनहुँको दमौली र धनुषाको जनकपुरमा, २५ वैशाखमा कास्कीको पोखरा र दाङको तुलसीपुरमा, २६ वैशाखमा कैलालको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्