बामदेव गौतमले लेखे एकीकृत समाजवादीको चुनावी गीत


appharu

२० बैशाख २०७९, मंगलवार १८:१४ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । एमालेका पुर्व उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका छन् ।

गौतमले लेखेको चुनावी गीत एकीकृत समाजवादीले आफ्नो यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

‘जनता जगाउने कलममा छाप लगाउने’ शीर्षकमा गौतमले एकीकृत समाजवादीक लागि चुनावी गीत लेखेका छन् । उनको सचिवालयका अनुसार, एकीकृत समाजवादीका नेताहरुको आग्रहमा गौतमले गीत लेखेका हुन् ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएपछि गौतम कतैतिर पनि लागेको छैनन् ।

एकीकृत समाजवादीका निम्ति चुनावी गीत लेखेपनि पार्टीमा गएको रुपमा बुझ्न नहुने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्