बुटवलका सुकुम्बासी मतदातालाई प्रभावित गर्न देवीनगरमा एमालेको चुनावी सभा, ओली र पौडेलले सम्वोधन गर्ने


appharu

२२ बैशाख २०७९, बिहीबार १२:२५ मा प्रकाशित

पालिकापत्र, बुटवल ।

पटक पटक आश्वासन दिएपनि लालपुर्जा बांड्न नसक्दा ब्यापक आलोचना खेपेको एमालेले चुनावको मुखमा फेरि सुकुम्बासी मतदाता प्रभावित पार्न आमसभा गर्ने भएको छ । एमालेले देवीनगर स्थित खुला मैदानमा बैसाख २५ गते चुनावी सभा गर्ने भएको हो ।

अरु बेला धेरैजसो आमसभा सिद्धेश्वर मावि दीपनगरमा गर्ने गरेको एमालेले यसपटक वडा नंं ११ का मतदातालाई प्रभावित गर्न जिल्लाभरिबाट कार्यकर्ता उतारेर देवीनगरमा सभा गर्न लागेको हो ।

चुनावी सभालाई सम्वोेधन गर्न पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने निधो भएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सीले बताए । सभालाई अध्यक्ष केपी ओली,उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्वोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।

प्रतिक्रिया दिनुहोस्