गठबन्धनको पक्षमा कलाकार सन्दिप क्षेत्रीको त्यो मार्मिक भाषण


appharu

२२ बैशाख २०७९, बिहीबार १६:०० मा प्रकाशित

पालिकापत्र, बुटवल । कलाकार सन्दिप क्षेत्रीले मार्मिक भाषण गर्दै चितवनको भरतपुर महानगर प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालका पक्षमा भोट मागेका छन् ।

बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त कार्यक्रममा क्षेत्रीले दाहालले राम्रो काम गरेको भन्दै भोट भागेका हुन् ।

‘कार्यक्रममा आउनुभन्दा अगाडि एक पटक मेरो आमलाई फोन गरेर सोधेँ–दिदीको यस्तो कार्यक्रम रहेछ के गरौं । मेरो आमाले भन्नुभयो–पार्टीको लागि होइन, तैलेँ देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेकी छ, बोल्दा केही फरक पर्दैन । मलाई ढुक्क भयो, त्यसपछि म आएँ ।’

‘‘मेरो पित्रीको आसिस लागोस्, तपाईंले गर्न खोजेका सबै कामका निम्ति शुभकाना दिन चाहान्छु,’ उनले भने, ‘ तर, यो भन्दा भन्दै फेरि भन्छु– म कुनै पार्टीको मान्छे होइन । तपाईंले गरेको कामबाट अलिकति प्रफुल्लित भएर आएको हुँ ।’
आफू कुनै पार्टीको सदस्य नरहेकाले कार्यक्रममा आउनुअघि आमालाई सोधेको र आमाले पनि रेनुले राम्रो काम गरेको भन्दै गएर बोल्दा फरक नपर्ने भनेकाले आफू बोल्न आएको बताए।

‘उनले आफू कुनै पनि पार्टीको साधरण सदस्यसम्म नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्