बुटवलबाट प्रधानमन्त्रीसहित पांच दलका नेताको अपील : संसद विघटन गर्ने र राजधानी सार्नेलाई भोट नदिनू


appharu

२४ बैशाख २०७९, शनिबार १८:०० मा प्रकाशित

पालिकापत्र,बुटवल । नेपाली काँग्रेसका सभापती एंव प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन मूलूकको ऐतिहासिक आवश्यकता भएको बताएका छन । उनले काँग्रेसको नेतृत्वमा गठन भएको पाँच दलीय गठबन्धनलाई टिकाउनका लागि पनि उम्मेद्वारलाई जिताउन आवश्यक रहेको बताए । पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले विना गठबन्धन मूलुकको विकास समेत असम्भव भएको बताए । ‘संविधान, लोकतन्त्र र स्थायित्वका लागि पनि गठबन्धन जोगाउन आवश्यक छ, गठबन्धनकै एजेन्डा काँग्रेस महाधिवेशनले स्विकार गरेको हो’ सभापती देउवाले भने । उनले एमाले अध्यक्ष केपि ओलीले पाँच बर्षका लागि पाएको जनमत आफैले सुरक्षा गर्न नसकेको बताए । उनले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिएको उल्लेख गर्दै ओलीले संसदमा विरोध सहन नसकेको बताए । ‘प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँदैन’ उनले भने –‘ओली जीको पार्टीलाई जिताएर के पाउनुहुन्छ ।’
अदालतले संसद पुर्नस्थापना गरेपछि पनि ओलीले संसद चल्न नखिएको प्रधानमन्त्री देउवाको आरोप छ । उनले ओलीको गलत प्रवृत्ति, संविधान, लोकतन्त्र, शान्ति र स्थायित्वको लागि गठबन्धन गरिएको बताए ।
अनुदान लिने हो, ऋण होईन
बुुटवल उपमहानगरको गठबन्धनका उम्मेद्वारलाई उत्साही बनाउन आमसभामा आएका सभापती देउवाले आफ्नो सरकार बनेदेखि सहज वातावरण बनेको दावी गरे । उनले एमसिसि ब्याज तिर्न नपर्ने अनुदान भएको भन्दै त्यसैले नेपालको विकास गर्न सकिने बताए । ‘बुटवलदेखि दाङसम्मको सडक विस्तार हुनेछ, विद्युत प्रशारण लाईन बन्नेछ’ प्रधानमन्त्री देउवाले भने –‘एमसिसि परियोजनाले बुटवलबासीलाई फाईदा हुनेछ ।’ उनले ओली नेतृत्वको सरकार हुँदा देश ऋणमय भएको बताउँदै अहिले अनुदानबाट देशलाई अगाडि बढाउन खोजिएको बताए । ‘हाम्रो जस्तो देशले ऋण लिने होईन’ उनले भने –‘अनुदान लिने हो ।’ उनले नेपालका लागि अनुदान आवश्यक रहेको बताउँदै यूरोपियन मूलूकदेखि जापान भारतले अनुदान दिन सक्ने बताए । उनले देश विकासका लागि गरिब राष्ट्रले अुनदान लिनुपर्ने मत राखेँ ।

ओलीजी खलनायक
त्यस्तै आमसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेका अध्यक्ष केपि ओलीलाई निमित्त नायक बनाइएको टिप्पणी गरे । उनले राजा महेन्द्र, ज्ञानेन्दूपछि ओलीले संसद विघटन गरेर विकास र अस्थिरतातर्फ धकेल्ने वाहक बनेको बताए । उनले विदेश शक्तिले ओलीलाई निमित्त बनाएको आरोप लगाएका हुन । ‘केपि ओली र उहाँका अनुुयायीहरु, संसद चल्न नदिनेहरु स्थानीय तहमा मात्रै होईन, संसदमा पनि जान नदिएर सजाय दिनुुुपर्छ’ उनले भने ।
उनले बाहिर चुुच्चे नक्सा देखाउने तर भित्र भित्र रअसँग भेटेर देशलाई धोका दिएको बताए । उनले राजा महेन्द्रले पनि राष्ट्रवादका नाममा ठग्ने काम गरेको बताए । उनले भने –‘अब देशलाई ठगिनबाट जोगाउनुुपर्छ’ उनले भने ।
उनले जनता ठग्नेहरुलाई जनताले रोज्न नहुुने बताए । उनले नेपालको स्थायित्व, विकास र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए । उनले दलित, महिला पिछडिएको क्षेत्रको अधिकार रक्षाका लागि गठबन्धनका उम्मेद्वारले जित्नुपर्ने बताए । उनले राजनीतिक अस्थिरताका कारण मूलूकको संविधान नै संकटमा पार्ने काम भइरहेको बताए ।
बरिष्ठ नेता पौडेलले बुटवलबासीले घरघर र हस्पिटलको बेडमा भेटिने मेयर जनाले खोजेको बताए । ‘खेलराज जीले त्यसको नेतृत्व गर्नुुहुनेछ’ उनले भने । बुटवलमा मेयरमा नेपाली काँग्रेसका तर्फबाट खेलराज पाण्डे र उपमेयरमा नेकपा एकिकृत समाजवादीका तर्फबाट चिनबहादुर गुुरुङ उपमेरका उम्मेद्वार छन ।

राजधानी बनाउछुु भनेर ढाट्ने एमालेलाई मत नदिनुस् : गृहमन्त्री
त्यस्तै गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खांणले अघिल्लो निर्वाचनमा बुटवललाई स्थायी राजधानी बनाउछुु भनेर मत मागेर त्यसको दुरुपयोग गरेको बताए ।
नेकपा एमालेतर्फ इगित गर्दै उनले बुटवललाई नै राजधानी बनाउछुु भनेर भोट मागेर दाङ राजधानी सार्नेहरुलाई बुुटवलबासीले चिन्नुपर्ने बताए । जनआन्दोलनमा निभाएको क्रान्तिकारी भूमिकालाई हेरेर कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको तर एमालेले राजधानी दाङ पु¥याएको उनले बताए ।
‘स्थायी राजधानी बनाउंछौ भनेर भोट मागेकाहरुले राजधानी कहां पु¥याए ?’–उनले भने–‘ बुटवलबाट राजधानी सारेको ठिक हो भनेर भोट दिने की, गलत भन्ने, त्यसबारे सोच्ने बेला आएको छ ।’
उनले बुटवलका मतदाताले राजधानीको बिषयमा सोचेर भोट हाल्ने बताए । यसअघि २०७४ सालको निर्वाचनमा एमालेले बुटवललाई स्थायी राजधानी बनाउने घोषणापत्रमा उल्लेख गरेको थियो ।
गृहमन्त्री खांणले सुकुम्बासीलाई जग्गा व्यवस्था गर्छौं भनेर एमाले उपाध्यक्ष विष्णु पौडेलले आफैलाई बुटवल र काठमाडौंमा जग्गा व्यवस्था गरेको टिप्पणी गरे । उनले पौडेललाई लक्षित गरि सुुकुम्बासीका लागि भन्दा पनि आफ्नो लागि व्यवस्था गरेको बताए । ‘सुकुम्बासीको हैन आफ्नो नामको लालपुर्जा हातमा आयो, बुटवलमा मात्र हैन काठमाडौंमा पनि’ उनले प्रश्न गरे ।
उनले यी सबै कामका कारण अब गठबन्धनको आवश्यकता महसुस भएको बताए । उनले बुटवलका जनताले परिवर्तन खोजेको बताए । पार्टीभित्र वैचारिक मतभिन्तता भएपनि बुटवलको प्रतिष्ठा जोगाउन गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए ।

एमालेसँग मत माग्ने अधिकार छैन : महत
त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले एमालेसँग मत माग्ने कुनै आधार नभएको बताए । उनले एमाले अध्यक्ष ओलीले मिठा गफ मात्रै गरेको र मनोरञ्जन दिलाएको बताए ।
’आफ्नो दुई तिहाइको सरकार ढाल्ने अनि गफ गरेर हुन्छ,’ उनले भने, ’गफ गर्ने र मनोरञ्जन गर्छौं भनेर भोट माग्ने।’
राजनीतिमा इमान, समर्पण र दुरदृष्टि चाहिने भन्दै ओली नेतृत्वको सरकार असफल भएको उनले बताए। उनले गठबन्धनको सरकार आएपछि देशमा कुशासन हटेको बताए।
देशमा कोभिडले ठप्प पार्दा ओलीले सुनदेखि ओम्नी काण्ड घटाएको उनको आरोप छ । नेपाली कांग्रेस काम गर्ने पार्टी भएको भन्दै अहिलेको गठबन्धनले कुराको अन्त्य गर्ने बताए।
उनले पाँच दलीय गठबन्धनले देशमा स्थिरता र लोकतन्त्र जोगाउने दाबी गरे। उनले ओली नेतृत्वको सरकारले देशलाई शरणमय बनाएको आरोप लगाउँदै देउवा नेतृत्वको सरकार बनेपछि देशमा अनुदानको ओइरो लागेको बताए ।

गलत पात्र र प्रवृत्तिलाई परास्त गरौं : रामकुुमारी झाक्री
त्यसैगरि नेकपा एकिकृत समाजवादीका सचिव एंव मन्त्री रामकुमारी झाक्रीले गलत पात्र र प्रवृत्तिलाई परास्त गर्ने मौका आएको बताएकी छन । आसन्न स्थानीय तहको निर्वाचनले संसद विघटन गर्ने एमालेलाई परास्त गर्ने दावी समेत गरिन । सचिव झाक्रीले पटक पटक भोट हालेर नेतृत्वमा पुु¥याउदा पनि सुुुकुम्बासी, अव्यवस्थित बसोबासी र आम नागरिकको समस्या ज्यूूँका त्यूूँ राख्ने दललाई चिन्ने बेला आएको बताईन । उनले गलत काम गर्दा गलत भनेर भन्न नसक्नेहरु परिवर्तनकारी हुन नसक्ने बताईन । ‘व्यक्तिले प्रश्न गर्न नसक्ने मान्छे र भजनमण्डलीले परिवर्तनको लागि काम गर्न नसक्ने बताइन । चन्द्रमा भ¥याङ लगाउने, चुुच्चे रेल ल्याउने, सुुन्दै रोमाञ्चक बनाउने कथाहरुले जनताको भोको पेट भरिदैन’ उनले भनिन –‘यी सबै कामहरु पूववर्ती केपि ओलीको सरकारले ग¥यो, त्यसैले हामीले परास्त गर्नेपर्छ ।’ उनले गठबन्धन मूलूको आवश्यकताले भएको बताईन ।

गठबन्धन सनकी शासकका विरुद्ध : खनाल

आमसभालाई नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य चक्रपाणी खनाल बलदेवले गठबन्धन सनकी शासकका विरुद्ध भएको बताएका छन । उनले एमाले अध्यक्ष केपि शर्मा ओलीले जनमतको दुरुपयोग गरेर संसद विघटन गरेको बताए । उनले आगामि केहि बर्षसम्म संविधान कार्यान्वयनका लागि गठबन्धन कायम हुने बताए । सभालाई राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, जनता समाजवादीका केन्द्रीय सदस्य नवराज सुवेदीले बोल्दै स्थानीय तहको निर्वाचनमा आफूहरुले जित्नै पर्ने बताए । उक्त अवसरमा मेयरका उम्मेद्वार खेलराज पाण्डेले एमालेले बुटवलको जनताको मतको दुरुपयोग मात्रै गरेको आरोप लगाए । उनले आफूू बुुटवलबासीको घर घरमा पुुगेर भेटिने मेयर हुने भन्दै बुटवलको मुख्य सडक निर्माण गर्ने बताए । त्यस्तै अव्यवस्थित बसोबासीको समस्या समाधान, तिनाउ दानव करिडोरबाट विस्थापित हुने परिवारको संरक्षण र मोतीपुर औद्योगिक क्षेत्रलाई नागरिकको जग्गा नपर्ने गरि काम गर्ने वातावरण बनाउने बताए । उपमेयरका उम्मेद्वार चिनबहादुर गुरुङले गठबन्धनको मर्म र भावना अनुसार आफूहरुले काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम काँग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाँणको अध्यक्षता, नेता युवाराज गिरीको सञ्चालन एंव नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसिको स्वागतमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्