बुटवल उपमहानगरपालिकाविरुद्ध अख्तियारमा उजुरीको चाङ


appharu

२६ बैशाख २०७९, सोमबार १९:३५ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुपन्देहीको बुटवल उमहानगरपालिका भित्र बेथितीहरुका चाङ भेटिएका छन् । पटक पटक उत्कृष्ट नगरपालिको घोषणा भएको बुटवलमा पछिल्लो समय बेथितीहरु एक पछि अर्को गर्दै वृद्धि भएको पाइएको छ ।
नगरपालिको अधिकार भित्र रहेका विभिन्न काममा बेथितीहरु बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोग बुटवलका अनुसार साउनदेखि अहिलेसम्म बुटवल उपमहानगरपालिका भित्र १५ वटा उजुरी परेका छन् ।
जसमा ९ वटा उजुरीमा प्रारम्भिक अनुसन्धानको काम भएको छ । बाँकी ६ रहेका ६ वटा उजुरीमा अनुसन्धान सुरु भएको जनाएको छ । बुटवल उपमहानगरपालिले निमार्ण गरेको सडकको गुणस्तर, भवन निमार्ण, शिक्षामा धेरै उजुरी परेका छन् । ती उजुरी माथि छनाबिन प्र्रक्रिया आगडि बढेको अख्तियार बुटवलले जनाएको छ । बुटवल उपमहानगरपालिकाले निमार्ण गरेका ठुला परियोनाहरुमा आर्थिक अनियमिता भएको आंशका गरिएको छ ।
पछिल्लो समय नगरपालिको प्रशासनिक भवन, बसपार्कमा कम्पलेक्स भनव निमार्ण गरेको थियो । यी बाहेक अन्य परियोजनाहरुमा पनि सुशासन नभएको गुनासो बढेको छ । पारदर्शी सरोकार समुह बुटवलका अध्यक्ष एव अधिवक्ता महेन्द्र पाण्डेयले बुटवल उपमहानगरपालिकामा स्थानीय तहबाट निमार्ण भएका कामहरुमा गुणस्तर पारदर्शिता नहुदाँ नगरिकमा आंकशा उत्पन्न भएको बताउनु भयो । उहाँले नगरपालिकाले दिने सेवा सम्वन्धी कामहरुमा ध्यान नदिएर सुशासन स्थापना गर्नमा चुकेको बताउनु भयो ।
यता बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले धेरै कामहरु स्थानीय उपभोत्ता समिति मार्फत गर्दा आन्तरिक रुपमा बस्न नपाएका व्यक्तिहरुले अख्तियार तिर उजुरी दिएको हुन सक्ने बताउनु भयो । उहाँले नगरपालिकामा भएका काम राम्रो भएको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्