तिलोत्तमामा जनमुक्ति पार्टीको वृहत रैली ,उत्साहजनक नतिजा आउने विश्वास


appharu

२७ बैशाख २०७९, मंगलवार २०:२७ मा प्रकाशित

पालिकापत्र, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीले वृहत मोटरसाइकल रैली निकालेको छ । बैसाख ३० गते हुने स्थानीय चुुनावमा पार्टीको पक्षमा मतदान गर्न अपील गर्दै रैली निकालिएको हो । एक हजार भन्दा धेरै मोटरसाइकल सहभागी रैलीले नगरका १७ वटै वडा परिक्रमा गरेको सो पार्टीले जनाएको छ । रैलीपछि आयोजित सभामा बोल्दै पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशी मगर, प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, जनमुक्ति युवा महासंघका अध्यक्ष शंकर गाहा, मेयर पदका उम्मेदवार सुन्दर गुरुङ र उपमेयर उम्मेदवार गिता सारुले बोल्दै भ्रष्टाचारमुक्त स्थानीइ तह बनाउन जनमुक्ति पार्टीका उम्मेदवारलाई जिताउन अपील गरेका थिए । रैलीका क्रममा देखिएको सहभागिता र वडा वडामा मतदाताले गरेको स्वागतले पार्टीले चुनावमा उत्साहजनक नतिजा ल्याउने वक्ताहरुले विश्वास व्यक्त गरेका छन् । पार्टीबाट वडा नं १ को अध्यक्ष पदमा जीवन बुढाथोकी मगर, २ मा भिम बहादुर राना मगर, ३मा केशरी तरामु गाहा मगर, ४ मा मधु थापा मगर,५ मा कमल गलामी मगर र ६ मा राधिका श्रीस मगरले उम्मेदवारी दिएका छन् । यस्तै वडा नं। ७ मा गिरि प्रसाद राना मगर, ८ मा प्रेमबहादुर बिरकट्टा मगर, ९ मा आश बहादुर गुरुङ्ग, १० मा महादेव थारु, ११ मा प्रेम बहादुर कनौजे मगर, १३ मा कृष्ण सारु मगर, १४ मा भोम बहादुर बुढा मगर, १५ मा युद्ध फगामी मगर , १६ मा दिलमाया गुरुङ्ग र वडा नंं १७ मा फुलमाया चौधरी उम्मेदवार रहेका छन् । राष्ट्रिय जनमुक्ति भ्रष्टाचारको सशक्त विरोधी र राष्ट्रियता, समावेशीता, समानुपातिक प्रतिनिधित्व लगायतका अग्रगामी एजेण्डा बोकेको पार्टी भएकाले यसपटक जनताले आफ्नो पार्टीका उम्मेदवारहरुलाई विश्वास गरेर मत दिने मेयर तथा उपमेयर र वडा अध्यक्षका उम्मेदवारहरुको भनाई छ । पार्टीले स्वच्छ छविका, कुनै दाग नलागेका इमान्दार व्यक्तिलाई उम्मेदवार बनाएको पार्टीका जिल्ला अध्यक्ष प्रेम थापा मगरले बताए ।

प्रतिक्रिया दिनुहोस्