बुटवलका करोडपति एमाले उम्मेदवार भट्टराई सडक मिचेर घरमा ट्रस हाल्ने लोभमा


appharu

२७ बैशाख २०७९, मंगलवार २३:०६ मा प्रकाशित

पालिकापत्र, बुटवल । नेकपा एमालेवाट बुटवल उपमहानगरपालिकामा मेयर पदका प्रत्यासी बाबुराम भट्टराईले सार्वजनिक जग्गा मिचेर घर बनाएको खुलेको छ ।
अहिले उनको बुटवलमा श्रवणपथ र मुख्य राजमार्गमा गरी दुईवटा भव्य घर छन । तर उनको मुख्य राजमार्ग मकरध्वजको औषधीपसल अगाडी रहेको घर भने बाटो मिचेर बनाएका छन् ।
गुल्मीका एक जना वोहरा थर भएका व्यक्तिसंग किनेको उनको जग्गामा उनले घर वनाउन थालेपछि विवाद भएको थियो ।
बुटवलको मुख्य राजमार्ग चौराह(गोलपार्क खण्डको अस्पताललाईनमा उनले सडक मिचेर भवन बनाएका हुन् । यो सडक विस्तारमा कांग्रेसले अवरोध गरेको झुट्टा आरोप लगाईरहदा उनी आफै सडक कब्जा गरेर भवन बनाएको खुलेको हो ।
यो विवाद वढ्दै गए पछि जग्गाको मुद्धा सर्वोच्च अदालतसम्म पनि पुगेको थियो । सो विवादास्पद जग्गामा उनले घर वनाए ।
तर त्यतिले पनि नपुगेर वांकी रहेको अरु जग्गा कव्जा गर्न उनले पटक पटक प्रयास गर्दै आइरहेका छन ।
पुस्पलाल पार्कको छेउमा रहेको वाटोको जग्गा कव्जा गर्ने उद्देश्यले छतका छडहरु घर वनाउदै गर्दा नै वाहिर निकालेका छन । जुन अहिले पनि देख्न सकिन्छ । जहाँ उनले ट्रस बनाएर व्यापारिक प्रयोगमा ल्याउने तयारी गरेका छन् ।
बुटवलमा उपमहानगरनगरपालिकाले उनको संरक्षण गरेकै कारण पछिल्लो पटक उक्त विवादास्पद जग्गा भाडामा लगाउने उद्देश्यले फलामका सेड पनि उठाएका छन तर स्थानीयको विरोधका कारण काम पुरा गर्न भने पाएका छैनन ।
तर उनले निरन्तर सरकारी जग्गा कब्जाको रणनीति अघि सारेका छन् । उनी बुटवलको चौराह गोलपार्क सडक निर्माणमा आफ्नो घर पनि पर्ने भएपछि पैसा उठाउने काममा अगुवाई गरेको आरोप पनि उनीमाथि छ । उनले नेताहरु भेट्ने र लेनदेन मिलाउने काम गरेको प्रमाण फेला परेको छ । यो आरोपबाट जोगिन उनले यसमा अन्य दलका नेताहरुमाथि दोष थोपर्दै आएका छन् । करोडपति भएर पनि भट्टराई सडक मिचेर ट्रस बनाई भाडामा लगाउने लोभ पालेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्