बुटवलको मेयरमा गठबन्धनका खेलराजको अग्रता,एमाले भन्दा राप्रपा अघि


appharu

३१ बैशाख २०७९, शनिबार ०८:५९ मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार खेलराज पाण्डेले सुरूवाती अग्रता लिएकका छन् । वडा नम्बर १ को ४ सय मत गणना हुँदा काङ्ग्रेसका खेलराज पाण्डेले १७५ मतसहित अग्रता लिएका हुन्।

दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन ८८ र तेस्रो स्थानमा नेकपा एमालेका बाबुराम भट्टराईले ६३ मत पाएका छन्।

वडा नम्बर १ मा १ हजार ९ सय ७४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। बुटवलमा १९ वडा रहेका छन् । ती मध्ये करिब ११ हजार मत खसेको वडा नंं ११ को मतले सिंगो उपमहानगरपालिकाको नतिजाका लागि निर्णायक बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्