दाङको राप्ती गापा – ९ मा माओवादी – जनमोर्चा गठबन्धन विजयी


appharu

३१ बैशाख २०७९, शनिबार ०९:२० मा प्रकाशित

पालिकापत्र, राप्ती । दाङको राप्ती गाउँपालिका वडा– ९ को मा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धनले जितेको छ । वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । योसँगै जिल्लामा माओवादी केन्द्रको विजयी सुरुवात भएको छ ।
माओवादी केन्द्रका मगरले ३७६ प्राप्त गरी निर्वाचित भए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रबाटै वडा अध्यक्षमा विजयी भएका थिए ।
कांग्रेसका उम्मेदवारले २२६, नेकपा एमालेका उम्मेदवारले ६८ मत प्राप्त गरेका छन् ।

उक्त वडामा कूल ७१४ मत खसेको थियो । राप्तीमा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका थिए

प्रतिक्रिया दिनुहोस्