घरपझोङ गापा मुस्ताङमा २ भोटले कांग्रेस विजयी


appharu

३१ बैशाख २०७९, शनिबार १०:०० मा प्रकाशित

पालिकापत्र, पोखरा । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनर्सिंह लालचन २ मतको अन्तरले निर्वाचित भएका छन् ।

लालचनले ७६० मत ल्याएर विजयी हुँदा एमालेका सन्जयकुमार थकाली ७५८ मा स्तब्ध भए । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थापा मगर ६९३ मतका साथ बिजयी भएकी छन् । एमालेकी मिमकुमारी शेरचनले ६१८ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्