तिलोत्तमा र देवदहको मेयरमा कांग्रेसको अग्रता


appharu

३१ बैशाख २०७९, शनिबार १२:१४ मा प्रकाशित

पालिकापत्र, देवदह ।

रुपन्देहीको तिलोत्तमा र देवदह नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसर माओवादी केन्द्र गठबन्धनले अग्रता लिएको छ । तिलोत्तमा वडा नंं १ को १०० मत गणना हुंदा कांग्रेसका रामकृष्ण खांणले ४४ मत ल्याएर अग्रता कायम गरेका छन् । एमालेका मोहन चापागाईले ३६ मत ल्याएर दोस्रो स्थानमा छन् । यो वडामा २०७४ को चुनावमा एमालेले जितेको थियो । खांण कांग्रेस रुपन्देहीका सभापति एवं गृहमन्त्री बालकृष्ण खांणका सहोदर भाइ हुन् । चापागाई पत्रकारिता पृष्ठभुमिका हुन् ।

देवदह नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले अग्रता लिएको छ ।

वडा नंं १ को ४ सय मत गणना हुंदा मेयर पदमा कांग्रेसका हिरा खत्रीले १५० र एमालेका ध्रुव खरेलले १११ मत पाएका छन् । यस्तै उपमेयरमा भने एमालेको अग्रता छ । एमालेकी विद्यालक्ष्मी गुरुङले ११२ मत ल्याउदा गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी सुन्दरी गिरीले ९७ मत पाएकी छन् ।
खत्री वहालवाला मेयर हुन् ।

प्रतिक्रिया दिनुहोस्