रुन्देहीको सियारी र शुद्धोधन गापामा काँग्रेसको अग्रता


appharu

३१ बैशाख २०७९, शनिबार १४:२२ मा प्रकाशित

पालिकापत्र, बुटवल । रुन्देहीको सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । यसअघि नेकपा एमालेले यी दुई गाउँपालिकामा जित हात पारेको थियो ।

पछिल्लो मत परिणाम अनुसार शुद्धोधनमा काँग्रेसका उम्मेदवारले ७९२ मत सहित अग्रता लिएका छन् । यहाँ अहिलेसम्म २ हजार २ सय मत गणना भइसकेको छ । यहाँ एमालेले १९८, जनता समाजवादी पार्टीले ६९० मत प्राप्त गरेको छ । यस्तै, उपाध्यक्षमा जसपाले ७०८, माओवादीले १४२ र एमालेले १६२ मत मात्रै प्राप्त गरेको छ ।

यता सियारी गाउँपालिकामा ९ सय मत गणना हुँदा काँग्रेका अध्यक्षका उम्मेदवारले २७९ र उपाध्यक्षका उम्मेदवारले २४० मत प्राप्त गरेका छन् । यस्तै, एमाले अध्यक्षका उम्मेदवारले २४१ र उपाध्यक्षमा २३९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्