बुलिङटार-१ नवलपुरमा कांग्रेस बिजयी


appharu

३१ बैशाख २०७९, शनिबार १४:४९ मा प्रकाशित

पालिकापत्र, बुलिङटार । नवलपुरको बुलिङटार गाउंपालिका वडा नं १ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट वडा नं १ का अध्यक्ष उम्मेद्वार डिलबहादुर सूर्यवंशीले ७७३ मत ल्याएर विजयी भएक हुन् । उनी प्यानल सहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खेमबहादुर डिसुवाले ६०१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्य पदमा कमला अस्लामी मगर , थमिसरा बिक, कान्त बहादुर आले, लाल बहादुर गरंजा बिजयी भएका छन् ।

त्यस्तै गरी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार शशिकिरण बास्ताकोटीले ६४४ मत प्राप्त गरेका छन् भने नेकपा एमाले अध्यक्षका उम्मेद्वार दिपेन्द्र सुनारी मगरले ७४४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्