माओवादीले डोल्पाबाट खाता खोल्यो


appharu

३१ बैशाख २०७९, शनिबार १५:०१ मा प्रकाशित

पालिकापत्र,काठमाडौं । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले डोल्पाबाट खाता खोलेको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाएकी छन् ।
६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्