एमालेको गढ भत्काउंदै बुटवल २ मा एकीकृत समाजवादीका शाक्य विजयी


appharu

१ जेष्ठ २०७९, आईतवार ०९:३७ मा प्रकाशित

पालिकापत्र,बुटवल । एमालेले लगातार जित्दै आएको बुटवल उपमहानगरपालिका वडा नंं २ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् ।

शाक्यले एमालेका रमेश नेपाललाई ३४ मत अन्तरले पछि पार्दै एमालेको गढ भत्काएर निर्वाचित भएका हुन् । शाक्यले ९०९ मत पाएका छन् भने नेपालले ८७५ मत पाएका छन् । शाक्यसंग पराजित नेपाल वहालवाला वडाध्यक्ष हुन् ।

उनी यसअघि २ पटक वडा अध्यक्ष भइसकेका हुन् । शाक्यको जितसंगै एकीकृत समाजवादीले बुटवलमा जितको खाता खोलेको छ । वडाको दलित सदस्यमा एकीकृत समाजवादीकी उम्मेदवार एक मतले पराजित भएकी छन् भने कांग्रेसकी उम्मेदवार विजयी भएकी छन् । तीनजना सदस्य भने एमालेले जितेको छ । यसअघि बुटवलको वडा नंं १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भइसकेका छन् । १९ वटा वडा रहेको बुटवलमा अहिले वडा नं १९ को मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्