बुटवल–३ को वडाध्यक्षमा माओवादीका ढकाल विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार ०७:२० मा प्रकाशित

पालिकापत्र, बुटवल । बुटवल उपमहानगरपालिका वडा नंं ३ को वडाध्यक्षमा माओवादी केन्द्रका विष्णु ढकाल विजयी भएका छन् । नेकपा एमालेका घनश्याम चापागाईलाई ९ मतको अन्तरले पछि पार्दै ढकाल निर्वाचित भएका निर्वाचन अधिकृत लेखनाथ पौड्यालले जानकारी दिए । ढकाल रुख चिन्हबाटै चुनाव लडेका थिए । वडाध्यक्षमा निर्वाचित ढकाल स्मृति बोर्डिङ स्कुलका सञ्चालक थिए । वडा सदस्यमा चारै जना कांग्रेस उम्मेदवारहरुले जितेका छन् ।
निर्वाचन आयोगका अनुसार सदस्य पदमा आई प्रसाद राई र आदिल अहमद, महिला सदस्यमा निलम गौतम र दलित महिला सदस्यमा प्रेमशिला धोबी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्