पाल्पाको तिनाउ गाउपालिका अध्यक्षमा एमालेका श्रेष्ठ विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार ०७:४१ मा प्रकाशित

पालिकापत्र,तिनाउ । पाल्पाको तिनाउ गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेका प्रेम श्रेष्ठले माओवादी केन्द्रका राजेश श्रेष्ठलाई ६४४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । प्रेमले ५ हजार ९० मत प्राप्त गरेका छन् भने राजेशले ४ हजार ४४६ मत ल्याएका छन् । राजेश यसअघि वडा नंं ३ का अध्यक्ष र गाउपालिकाका प्रवक्ता थिए । गाउपालिकाको उपाध्यक्षमा कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत पाए । उपाधयक्षमा एमालेकी सावित्रा रानाले गुरुङ ४ हजार ४६५ मत पाएकी छन् । तिनाउमा माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्