गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा एमालेको विरासत तोडियो, मदानेमा अध्यक्ष सहित ५ वडामा कांग्रेसको जित


appharu

२ जेष्ठ २०७९, सोमबार १५:५२ मा प्रकाशित

यमलाल भुसाल,पालिकापत्र । गुल्मी जिल्लाको मदाने गाउंपालिकामा नेपाली कांग्रेसले गाउपालिका अध्यक्षमा महेन्द्रबहादुर कुवर सहित ५ वटा वडामा विजयी हासिल गरेको छ । कुंवरले एमालेका प्रेम केसीलाई १० मतको अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । कुंवरले ४ हजार ७०७ र केसीले ४ हजार ६९७ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेले पालिका उपाध्यक्षमा सरिता खडका सहित २ वटा वडा अध्यक्षमा जित हासिल गरेको छ । २०७४ सालको निर्वाचनमा वडा नम्बर ७ को वडा अध्यक्ष मात्र जितेको कांग्रेसले यस पटक भने राम्रो पकड बनाएको छ । उपाध्यक्षमा खडकाले ४ हजार ५६५ मतका साथ विजयी हुंदा माओवादीका बेगम चन्दले ४ हजार २११ मत्र प्राप्त गरेका छन् । एमाले नेता गोकण विष्टको निर्वाचन क्षेत्र रहेको मदानेमा नेकपा समाजवादीकी सचिव राम कुमारी झांक्रीको गृहनगर भएकाले पनि त्यसको प्रभावले गर्दा यस पटक मदानेमा एमालेको पकड गुमेको अनुमान गरिएको छ ।
त्यस्तै गरी मदानेको वडा नम्बर १, ३,४,६ र ७ मा नेपाली कांग्रेसका क्रमशः सुशिल चन्द ७३१ मत, चेत बहादुर सेन. ८७० मत प्रेम बहादुर सेन ५८९मत मनिराम थापा ९६२,र सन्तोष केसी ७६८ मतका साथ विजयी भएका निर्वाचन अधिकृत कुल बहादुर जिसीले बताए ।
त्यस्तै बडा नम्बर २ मा माधव भुसाल ७८५ र ५ मा हिमाल खड्का ५२० मत सहित एमालेवाट वडा अध्यक्षमा विजयी भएका निर्वाचन अधिकृत जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्