गोकर्ण विष्टको गाउंमा एमाले पत्तासाफ,पालिका अध्यक्ष उपाध्यक्ष सहित ४ वडा कांग्रेसको पोल्टामा


appharu

२ जेष्ठ २०७९, सोमबार १६:३८ मा प्रकाशित

पालिकापत्र,इस्मा । एमाले सचिव गोकर्ण विष्टको गाउं गुल्मीको ईस्मा गाउँपालिकामै एमाले करिब करिब पत्तासाफ भएको छ । यो पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् ।

अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याएका छन् । उपाध्यक्षमा कुँवरले ५ हजार ९०९ मत ल्याएको निर्वाचन अधिकृत लेखनाथ ज्ञवालीले बताए ।
गाउँपालिकामा अध्यक्ष पदमा एमालेका हिराबहादुर अर्यालले ५ हजार ४६४ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै विमला खत्रीले ५ हजार १२१ मत पाएकी छन् ।

गाउँपालिकाका ६ वटा वडामध्ये ४ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा नेकपा एमालेले जितेको छ । जसअनुसार वडा नम्बर १,२, ५, ६ मा नेपाली कांग्रेस र ३ र ४ मा एमालेले वडाअध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गाउँपालिकामा १७ हजार ८८२ जना मतदाता रहेकोमा ११ हजार ४६५ जनाले मतदान गरेका थिए । यो गाउँपालिकामा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको थियो ।

जिल्लाका १२ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहको मतगणना सकिएको छ । जसमा रेसुङ्गा, गुल्मीदरवार, ईस्मा, मदानेमा नेपाली कांग्रेसले जितेको छ भने चन्द्रकोटमा माओवादी केन्द्रले जितेको छ । छत्रकोट र सत्यवतीमा एमालेले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्