धुर्कोट गापामा माओवादी – एमाले गठबन्धन विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार १८:५१ मा प्रकाशित

पालिकापत्र,धुर्कोट । गुल्मीको धुर्कोट गाउँपालिकामा माओवादी केन्द्र र एमाले गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएका छन् । भुपाल २०७४ को चुनावमा पनि अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक अध्यक्ष कांग्रेसलाई दिने सहमति तोडेर आफै अध्यक्ष उम्मेदवार बन्न उनले एमालेसग तालमेल गरेका थिए । उनी माओवादीमा भएपनि एमाले प्रवेश गर्ने योजना अनुसार एमालेसंग तालमेल गरेको विश्लेषण छ ।

माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र भण्डारीले ४ हजार २६१ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित एमालेकी गिरीले ६ हजार १ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले ३ हजार ४८८ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्