प्रदीप ज्ञवालीको क्षेत्रमा माओवादीका यदु ज्ञवालीको शानदार जित


appharu

२ जेष्ठ २०७९, सोमबार २१:२९ मा प्रकाशित

पालिकापत्र, रुरुक्षेत्र । नेकपा एमालेका उपाध्यक्ष प्रदीप ज्ञवालीको निर्वाचन क्षेत्र गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार यदु ज्ञवाली सन्तोष विजयी भएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार ज्ञवालीले नेकपा एमालेका हिमाल श्रेष्ठलाई पराजित गरेका हुन् । लुम्बिनी प्रदेश सरकारका पुर्व मन्त्री सुदर्शन बरालका स्वकीय सचिव समेत रहेका ज्ञवाली अघिल्लो चुनावमा पनि गाउपालिका अध्यक्षमा लडेर पराजित भएका थिए । उपाध्यक्ष भने एमालेकी मिना गौतम निर्वाचित भएकी छन् । २०७४ सालको स्थानीय चुनावमा यो गाउँपालिका एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्