एमालेलाई पछार्दै उदयपुरगढीमा एकीकृत समाजवादी विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार २१:३७ मा प्रकाशित

पालिकापत्र, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका अभ्यक्षमा नेकपा एमालेका उम्मेदवार गोपालबहादुर खत्रीलाई पछार्दै नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर विजयी भएका छन् । एमालेका खत्रीलाई आठ सय भन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् ।

मगरले ४,९४२ मत ल्याउँदा खत्रीले ४,११४ मत पाएका निर्वाचन अधिकृतले जानकारी दिए । ०७४ को चुनावमा मगरले नेकपा एमालेबाट अध्यक्ष जितेका थिए । पार्टी विभाजनपछि उनले नेकपा एस रोजेका थिए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका जितबहादुर खड्काले जितेका छन् । खड्काले ४,६४८ मत पाउँदा एमालेका शोभाकुमारी आलेले ३,८६३ मत पाइन् । यो गाउँपालिकामा सत्ता साझेदार दलहरुको गठबन्धन भएको थियो ।

यो सहित एकीकृत समाजवादीले जितेको स्थानीय तहको संख्या तीन पुगेको छ । तर निर्वाचित हुनेमा भने एकीकृत समाजवादीका पहिलो अध्यक्ष हुन् । यसअघि दुई पालिका प्रमुखमा एकीकृत समाजवादीका नेता निर्विरोध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्