बुटवल १६को वडाध्यक्षमा कांग्रेसका पौडेल विजयी


appharu

३ जेष्ठ २०७९, मंगलवार १२:११ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल १६ को वडाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण प्रसाद पौडेल विजयी भएका छन् । पौडेलले एमालेका रामराजा तिवारीलाई २४३ मत अन्तरले पराजित गरेका हुन् ।

पौडेलले ९१५ मत पाएर विजयी हुंदा एमालेका तिवारीले ६७२ मत पाएका छन् । वडाध्यक्षमा पौडेलहित कांग्रेसले ३ जना सदस्य पनि जितेको छ । निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्‍द चौधरीले २१४, स्वतन्त्र उम्मेदवार दुध नाथ मर्चाहा ले १४९ मत र नेकपा एकीकृत समाजवादीका थानेश्वर खरेलले ३८मत पाएका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्