कान्छो वडाध्यक्ष बने बुटवल–१५ मा कांग्रेसबाट जितेका शिव राना


appharu

३ जेष्ठ २०७९, मंगलवार २०:०३ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवल उपमहानगरपालिकाको वडा नंं १५ को वडाध्यक्षमा नेपाली कांग्रेसका २९ वर्षिय युवा शिव राना निर्वाचित भएका छन् । उनले एमालेका डम्बरबहादुर भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । रानाले १३९४ मत पाएर विजयी हुंदा एमालेका भण्डारीले १११४ मत पाएका छन् । जितसंगै राना बुटवलको सबैभन्दा कान्छो उमेरका वडाध्यक्ष बनेका छन् । २०७४ को चुनावमा यो वडा एमालेले जितेको थियो । वडाध्यक्षमा निर्वाचित राना खेलकुद र सामाजिक काममा सक्रिय युवा हुन् । उनी रुपन्देही पुल तथा स्नुकर संघका सचिव तथा फुलबारी गाइज क्लबमा समेत आवद्ध छन् । उनी तरुण दल बुटवल नगर समितिमा पनि क्रियाशील छन् । वडा सदस्यहरुम रमा पराजुली, मन्जु दर्जी ,कुल प्रसाद लम्साल,र सुर्य प्रसाद काफ्ले निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्