कञ्चन गाउंपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी


appharu

३ जेष्ठ २०७९, मंगलवार २२:०२ मा प्रकाशित

पालिकापत्र, कञ्चन । रुपन्देहीको कञ्चन गाउपालिकाको अध्यक्ष पद नेपाली कांग्रेसले जितेको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये मतगणनाा सकिएको यो पहिलो हो ।

गाउंपालिका अध्यक्षमा नवराज ढकाल एमालेका दिनानाथ आचार्यलाई १४३९ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । ढकालले ७ हजार ४सय ९९ मत पाएर निर्वाचित हुदा आचार्यले ६०६० मत पाएका छन् । २०७४ को चुनावमा यो पालिका एमालेले जितेको थियो । यसपटक कांग्रेसले माओवादी केन्द्रसंग तालमेल गरे अनुसार पालिका उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा विजयी भएका छन् । मौसमी रुख चिन्हबाटै लडेकी थिइन् । उनले नेकपा एमालेकी ओमकली राहाडी मगरलाई ६४६ मत अन्तरले पराजित गरेकी हुन् । थापाले ७६११ मत पाउंदा राहाडीले ५९६५ मत पाएकी छन् । ५ वटा वडा रहेको कञ्चनमा वडा नंं १ र ५ एमालेले तथा २,३ र ४ नेपाली कांग्रेसले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्