नवलपरासीको सरावल गाउपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


appharu

४ जेष्ठ २०७९, बुधबार ०८:१९ मा प्रकाशित

पालिकापत्र,सरावल । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । अध्यक्षमा सुखाडीप्रसाद चौधरी र उपाध्यक्षमा बासमति हरिजन विजयी भएका हुन । अध्यक्ष पदमा निर्वाचित चौधरीले नेपाली कांग्रेसका अनिलकुमार गौडलाई २९ सय ७० मतको अन्तरले पराजित गरे । चौधरीले ७ हजार ५९ ल्याउँदा गौडले ४ हजार ८९ मत ल्याए । त्यस्तै उपाध्यक्षमा निर्वाचित हरिजनले नेपाली कांग्रेसकी उत्तमा रायलाई ३ सय ९४ मतले पराजित गरेकी छन् । हरिजनको ५७ सय ४३ मत छ भने रायको ५३ सय ४९ छ । पराजित राय निवर्तमान उपाध्यक्ष हुन् । यसअघि गाउँपालिकामा दुवै पद तत्कालिन फोरम लोकतान्त्रिक (पछि कांग्रेसमा समाहित) ले जितेको थियो ।
७ वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा एमालेका विष्णुप्रसाद भट्टराई, वडा नं. २ मा नेपाली कांग्रेसका शम्भुप्रसाद चौधरी वडाध्यक्षमा विजयी भएका छन् । वडा नं. ३ को अध्यक्षमा राप्रपाका फिरङ्गी चौधरी र वडा नं. ४ मा एमालेका सुरेश यादवले वडाध्यक्षमा विजयी भएका छन् । वडा नं. ५ मा नेपाली कांग्रेसका लक्ष्मणप्रसाद चौधरी, वडा नं. ६ मा नेपाली कांग्रेसका छोटेलाल गुप्ता र वडा नं. ७ मा माओवादी केन्द्रका हेयात खाँ धुनिया वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्