मेयर शिव सुवेदीको वडामै एमाले पत्तासाफ, ८ सय मतान्तरले कांग्रेसका पदम गाहा वडाध्यक्ष निर्वाचित


appharu

४ जेष्ठ २०७९, बुधबार ०९:४१ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलका मेयर शिवराज सुवेदीको वडामै एमाले पत्तासाफ भएको छ । बुटवल–७ को वडाध्यक्षमा भएको निर्वाचनमा कांग्रेसका पदमराज गाहा एमालेकी उम्मेदवार सीता थापा भन्दा ८ सय बढी मतान्तरले विजयी भएका हुन् ।

पदमले २३४६  पाउँदा सीताले १४९४ मत पाइन् ।  यो वडाबाट मेयरमा कांग्रेसलाई २१७१ मत र एमालेलाई १६०४ मत आएको हाे  । 

अध्यक्षसहित चारैजना वडा सदस्यमा पनि कांग्रेस उम्मेदवार विजयी भएको कांग्रेस युवा नेता प्रजापाल गिरीले जानकारी दिए । यो वडामा २५ वर्षपछि एमालेको विरासत तोडिएको हो ।

कांग्रेसले वडा अध्यक्षसहित प्यानलै जितेपछि मेयर सुवेदी आफ्नै वडामा कतिसम्म अलोकप्रिय रहेछन् भन्ने पुष्टी गरेको वडावासी हरि क्षेत्रीले बताए ।

यो वडा सहित नेपाली कांग्रेसले बुटवल ४,५,६,१५,१६,१७ वडा पनि जितिसकेको छ । अब वडा नंं ८देखि १४सम्मतको नतिजा आउन बांकी छ ।

वडा नं १ मा स्वतन्त्र उम्मेदवार (कांग्रेसका बागी) नरेन्द्र बस्नेत,२ मा नेकपा एकीकृत समाजवादी र ३ मा माओवादीका विष्णु ढकाल निर्वाचित भएका छन् । यसअघि एमालेले जितेका सबै वडामा कांग्रेस विजयी भएको छ । अहिलेसम्म एमालेले बुटवलको दुईवटा वडा मात्र जितेको छ ।

बुटवलमा हालसम्म बिजयी भएका उम्मेदवार

बुटवल – १ नरेन्द्र बस्नेत (स्वतन्त्र) बुटवल – २ सुनिल शाक्य (नेकपा एस)

बुटवल – ३ बिष्णु ढकाल (नेकपा माओवादी केन्द्र) बुटवल – ४ नरेश्वर पौडेल (नेपाली काँग्रेस)

बुटवल – ५ हरि प्रसाद श्रेष्ठ (नेपाली काँग्रेस) बुटवल – ६ लोकनाथ न्यौपाने (नेपाली काँग्रेस)

बुटवल – ७ पदमराज गाहा (नेपाली काँग्रेस) बुटवल – १५ शिव राना (नेपाली काँग्रेस)

बुटवल -१६ कृष्ण पौडेल (नेपाली काँग्रेस) बुटवल -१७ ज्ञान बहादुर रेश्मी (नेपाली काँग्रेस)

बुटवल -१८ गुरु प्रसाद पङ्गेनी (नेकपा एमाले) बुटवल -१९ चन्द्रसिंह थापा (नेकपा एमाले)

प्रतिक्रिया दिनुहोस्