देवदहको मेयर र उपमेयरमा एमाले विजयी


appharu

४ जेष्ठ २०७९, बुधबार १७:३९ मा प्रकाशित

पालिकापत्र, देवदह । देवदह नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका हुन् । खरेलले नेपाली कांग्रेसका उम्मेदवार हिरा खत्रीलाई १ हजार ६ सय २० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् ।
खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाएका छन् । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए । २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६४९४ मतान्तरले पराजित गरेकी छन् ।
४८ हजार २ सय ९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७ सय ८४ मत पाउदा गिरीले ७ हजार दुई सय ९० मत पाएकी निर्वाचन अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्