गुल्मीका १२ पालिकामा कहां कस्ले जिते ?


appharu

४ जेष्ठ २०७९, बुधबार २०:५४ मा प्रकाशित

पालिकापत्र, रेसुंगा । गुल्मीको १२ वटै स्थानीय तहको निर्वाचन परिणाम आएको छ । अघिल्लो चुनावमा ७ वटा पालिका जितेर पहिलो बनेको एमाले अहिले तीन पालिकामा जितेर तेस्रोमा झरेको छ । गुल्मीमा नेपाली कांग्रेसले सबैभन्दा धेरै ५ स्थानीय तहमा जितेको छ भने माओवादी केन्द्रले ४ र नेकपा एमालेले तीन स्थानीय तह तिजेको छ । उपप्रमुखमा नेकपा एमाले ७ र कांग्रेसले ५ स्थानीय तहमा जित हात पार्दा माओवादी र एकीकृत समाजवादी शून्य भएका छन्। गुल्मीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले इस्मा, छत्रकोट,मदाने, मालिका, मुसीकोट, रुरु र रेसुंगामा गरि सातवटा स्थानीय तहमा जित निकालेको थियो।

त्यस्तै कांग्रेसले कालीगण्डकी, गुल्मीदरबार, चन्द्रकोट, सत्यवतीमा गरि ४ वटामा जित हात पारेको थियो। माओवादी केन्द्रले भने धुर्कोटमा जित हात पारेको थियो। यसपटक भने माओवादीले थप तीन पालिकामा र कांग्रेसले थप एक पालिकामा जित निकालेको छ ।

कस्ले कहां जिते ?

इस्मा गाउँपालिका
प्रमुख भगतसिंह खड्का काग्रेस
उपप्रमुख पार्वती कुँवर काँग्रेस

कालिगण्डकी गाउँपालिका
प्रमुख बेदबहादुर थापा काग्रेस
उपप्रमुख मञ्जुकुमारी दर्लामी एमाले

गुल्मी दरबार गाउँपालिका
प्रमुख सरोजकुमार थापा कांग्रेस
उपप्रमुख तारा थापा ढेंगा कांग्रेस

चन्द्रकोट गाउँपालिका
प्रमुख युवराज खत्री क्षेत्री माओवादी केन्द्र
उपप्रमुख विष्णुप्रसाद भण्डारी काग्रेस

छत्रकोट गाउँपालिका
प्रमुख रामप्रसाद पाण्डेय एमाले
उपप्रमुख सावित्रा ज्ञवाली एमाले

धुर्कोट गाउँपालिका
प्रमुख भुपाल पोखरेल माओवादी
उपप्रमुख सीता गिरी एमाले

मदाने गाउँपालिका
प्रमुख महेन्द्रबहादुर कुँबर काग्रेस
उपप्रमुख सरिता खड्का नेकपा एमाले

मालिका गाउँपालिका
प्रमुख देविराम अर्याल माअ‍ोवादी
उपप्रमुख उपेन्द्र अर्याल काग्रेस

मुसिकोट नगरपालिका
प्रमुख जीबलला खरेल एमाले
उपप्रमुख गंगा श्रेष्ठ एमाले

रुरुक्षेत्र गाउँपालिका
प्रमुख यदु ज्ञवाली माओवादी
उपप्रमुख मिनादेवि गौतम एमाले

रेसुङ्गा नगरपालिका
प्रमुख खिलध्वज पन्थी कांग्रेस
उपप्रमुख अमृतादेवी कुँबर कांग्रेस

सत्यावती गाउँपालिका
प्रमुख टीकाराम पाण्डे एमाले
उपप्रमुख निरमाया तरामु एमाले

प्रतिक्रिया दिनुहोस्