सिद्धार्थनगरको मेयरमा कांग्रेस,उपमेयरमा एमाले विजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार ०५:५० मा प्रकाशित

पालिकापत्र,सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् । अघिल्लो चुनावमा यहां दुबै पद एमालेले जितेको थियो । मेयरमा नेपाली कांग्रेसका इश्तियाक अहमद खान विजयी भएका छन । ३२ हजार ६७ मत खसेकोमा खानले ९ हजार १ सय ३४ मत ल्याइ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत र नेकपा एमालेका डाक्टर राम प्रसाद बस्यालले ७ हजार ३ सय ५ मत र जसपाका मातृकाप्रसाद यादवले १ हजार ९ सय ८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै उप(प्रमुखमा नेकपा एमालेकी उमा अधिकारी ८ हजार ८सय १३ मत प्राप्त गरि विजयी भएकी छिन । उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरिन भने माओवादी केन्द्रकी कमला थापाले ४ हजार ५ सय ९२ मत र जसपाकी आश्मा खातुनले २ हजार ४ सय ४२ मत प्राप्त गरिन ।

कुन वडा कस्ले जिते ?
सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ मा जसपाका उज्वल पोखरेल ७ सय ५८ मत ल्याइ विजयी भएका छन ।उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका याम बहादुर थापाले ७ सय २० मत प्राप्त गरे । वडा नम्बर २ मा राप्रपाका छेदीलाल श्रीवास्तव ४ सय ४३ मत ल्याइ विजयी भएका छन नेकपा एसका सुनिल कुमार पुन ४ सय ३६ मत ल्याइ दोश्रो भए ।

वडा नम्बर ३ मा पनि राप्रपाकै नारायण प्रसाद उपाध्याय ८ सय ७ मत ल्याइ विजयी घोषित भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका केशव कुवरले ७ सय ६६ मत प्राप्त गरे । वडा नम्बर ४ मा राप्रपाकै मुक्तिनाथ यादव ९ सय ७ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मिलन बस्नेतले ५ सय ८३ मत प्राप्त गरे । वडा नम्बर ५ मा नेपाली कांग्रेसका पुरन प्रसाद श्रेष्ठ २ सय ६५ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चेत बहादुर क्षेत्रीले २ सय ४ मत पाए ।

यसै गरि वडा नम्बर ६ मा कांग्रेसकै बिरेन्द्रनाथ श्रीवास्तव १ हजार १ सय ५ मत ल्याइ पुनस् वडाध्यक्षमा दोहोरिएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामदयाल तेलीले ८ सय ७ मत प्राप्त गरे । वडा नम्बर ७ मा पनि कांग्रेसकै दामोदर शर्मा विजयी भएका छन । शर्माले ५ सय ३३ मत ल्याउदा राप्रपाका चन्द्रभक्त श्रेष्ठले ३ सय ७४ मत प्राप्त गरे ।

वडा नम्बर ८ मा कांग्रेसकै राजनजङ्ग राणा दोहोरिएका छन । राणाले १ हजार ४ सय ८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेष थापाले १ हजार २ सय १२ मत प्राप्त गरे । वडा नम्बर ९ मा नेकपा एमालेले कांग्रेसलाई पराजित गरेको छ । एमालेका शेषनारायण भन्डारी ८ सय ९४ मत ल्याइ पुनस् वडाध्यक्षमा दोहोरिएक छन भने कांग्रेसका फणिन्द्र पौडेलले ७ सय ९८ मत प्राप्त गरे । वडा नम्बर १० म पनि एमालेकै सुर्जमन अहिर १ हजार १ मत ल्याइ विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विजयनाथ धोबीले ७ सय २१ मत प्राप्त गरे । वडा नम्बर ११ मा एमालेकै दिलिप कुमार यादव ४ सय ८२ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेश्वर यादव ४ सय ४६ मत प्राप्त गरे । वडा नम्बर १२ मा कुमार गुरुङ ६ सय ५५ मत ल्याइ विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी करुन्जन श्रेष्ठले ५ सय ५६ मत प्राप्त गरे । यस्तै वडा नम्बर १३ मा सोम बहादुर गुरुङ विजयी भएका छन । उनले ६ सय ९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सतिश मर्सानीले ५ सय ५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्