रुपन्देहीको ओमसतियाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार ०६:१७ मा प्रकाशित

पालिकापत्र,ओमसतिया । रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मञ्जित कुमार यादव विजयी भएका छन् । यादवले ४ हजार २६९ मत पाएर निर्वाचित हुंदा राप्रपाका तिलकसिंह कोइरालाले २८५५ मत पाएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिता चौधरी ३५८८ मत पाएर निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी राप्रपाकी चित्ररेखा थारुले ३०८२ मत पाएकी निर्वाचन अधिकृत ताराकुमारी शर्माले जानकारी दिइन् । ६ वटा वडा रहेको ओमसतियामा वडा नं १ मा राप्रपाका बेलबहादुर बराल,२ मा कांग्रेसका शितल जीटी,३ मा कांग्रेसका प्रकाश सिंह ,४ मा कांग्रेसकै अखिलश्वर पाण्डे,५ मा कांग्रेसकै मदनप्रसाद पोखरेल र ६ मा माओवादी केन्द्रका शिवकुमार धवल विजयी एका छन् ।

प्रतिक्रिया दिनुहोस्