रुपन्देहीको मायादेवी गाउंपालिका अध्यक्षमा कांग्रेस विजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार ०६:४२ मा प्रकाशित

पालिकापत्र, मायादेवी । रुपन्देहीको मायादेवी गाउंपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार ध्रुवनारायण चौधरी ५ हजार ३ सय ८६ मत पाएर गाउंपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी गाउंपालिकाका निवर्तमान अध्यक्ष समेत हुन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका रामअधारे अहिरले ४९८८ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टीकी नर्वदीदेवी उपाध्याय ४९४२ मत पाएर निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तारादेवी यादवले ४८८९ मत पाएकी निर्वाचन अधिकृत धर्मा अर्याल बेल्बासेले जानकारी दिइन् । ८ वटा वडा रहेका गाउपालिकामा नेपाली कांग्रेसले वडा नं २,३ र ५, एमालेले १,४ र ८ तथा लोसपाले ६ र ७ जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्