रुपन्देहीको रोहिणी गाउंपालिका अध्यक्षमा जसपा विजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार ०७:३९ मा प्रकाशित

पालिकापत्र, रोहिणी । रुपन्देहीको रोहिणी गाउंपालिकामा जनता समाजवादी पार्टीका विद्या प्रसाद यादव विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटलाई पछि पार्दै यादव निर्वाचित भएका हुन् । यादवले उनले ७ हजार ४ सय ९६ मत प्राप्त गर्दा ताहिरले ६ हजार ४ सय ५८ मत प्राप्त गरे ।
यस्तै नेकपा एमालेका सनोज कुमार यादवले ३ हजार १ सय २ मत र नेपाली कांग्रेसका बैजनाथ सहानीले २ हजार ३ सय ५६ मत प्राप्त गरेको निर्वाचन अधिकृत रमिला भण्डारीले जानकारी दिइन् । सनोज २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । राप्रपाकी शिवकान्ती चमारले ६ हजार १ सय ५४ मत ल्याउदै दोश्रो कार्यकालको लागि उपाध्यक्षमा निर्वाचित भएकी छन् । चमार २०७४ मा संघीय समाजवादी फोरमबाट निर्वाचित भएकी हुन् । जसपाको रिमा मिश्रा ५ हजार ९ सय २ मत ल्याएर दोश्रो भएकी छन । नेकपा एमालेकी बसन्ती पाण्डेले ३ हजार ३८ मत प्राप्त गरेकी छन् ।
कुन वडा कस्ले जिते ?
वडा नम्बर १ मा राप्रपाका आविद अलि पठान ९ सय २६ मत ल्याइ विजय प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रेम नारायण कुर्मिले ९ सय ३ मत प्राप्त गरे । वडा नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार करम हुसेन खा ८ सय ६५ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका विनय कुमार यादवले ७ सय २४ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा राप्रपाकै वीर बहादुर क्षेत्री वडा अध्यक्षमा दोहोरिएका छन क्षेत्रीले १ हजार ८ सय ८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका चेतमान चौधरीले १ हजार ३ सय ३८ मत प्राप्त गरे । वडा नम्बर ४ मा पनि राप्रपाकै तारानाथ यादव दोहोरिएका छन । उनले ८ सय ८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिश्चन्द्र थारुले ७ सय ७१ मत प्राप्त गरे ।

वडा नम्बर ५ मा जसपाबाट घनश्याम सिंह क्षेत्री वडा अध्यक्षमा दोहोरिएका छन । उनले ७ सय १४ मत प्राप्त गर्दा नेकपा एमालेका शैलेन्द्र कुमार उपाध्याय ५ सय ६७ मत प्राप्त गरे । वडा नम्बर ६ मा पनि कांग्रेसकै इन्द्रमान चौधरी दोहोरिएका छन । चौधरीले ९ सय ४९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सीताराम सिंह क्षेत्रीले ५ सय ८६ मत प्राप्त गरे ।

वडा नम्बर ७ मा राप्रपाका अन्नान अहमद भाट ८ सय २३ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेश कुमार यादवले ६ सय ७२मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्