पालिकापत्र, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा मेयर पदमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता लिएका छन् । ९ हजार ९४२ मत गणना गरेर सक्दा खांणले ३ हजार ८२८ मत प्राप्त गरेर झिनो मतान्तरले अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापाईंले ३ हजार ६२१ मत प्राप्त गरेका छन् ।
उप मेयर पदमा एमालेकी जागेश्वरीदेवि चौधरीले ३ हजार ४४८ मत सहित अग्रता लिएकी छन् । माओवादी केन्द्रका हेमन्त पाण्डेले १ हजार ७२२ मत प्राप्त गरेका छन् । २ दिनदेखि स्थगित मत गणना पुनः सुचारू भएको छ । गणकहरुले एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको पाइएपछि उत्पन्न विवादका कारण मँगलबार बिहान ३ बजेदेखि मतगणना रोकिएको थियो । एमाले वाहेकका ६ दलले वडा नं २ र १६ को पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले वडा नंं २ र १६ को मतगणना शुरुबाटै गर्न निर्देशन दिएअनुसार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाले बताए ।