कपिलवस्तुको बाणगंगामा एमालेका अर्याल र चौधरी बिजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार ०८:०७ मा प्रकाशित

पालिकापत्र,बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा चक्रपाणी अर्याल र उपप्रमुखमा रीता चौधरी विजयी भएका हुन् । अर्यालले १८ हजार ९९९ मत प्राप्त गरि विजयी हुंदा नेपाली काँग्रेसका रविराज आचार्यले १८ हजार ३६० मत प्राप्त गर्दै ६ सय ३९ मतको अन्तरले पराजित भए । अर्यालले २०७४ को स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले नगर प्रमुख जित्दा उपप्रमुख जितेका थिए ।
त्यसै गरि उपप्रमुखमा एमालेकै रीता चौधरीले १९ हजार ३९८ मत ल्याई चुनाव जितिन । उनकी प्रतिश्पर्धि नेपाली काँग्रेसकी तारावती थारुले १८ हजार ४६४ मत प्राप्त गरेकी छन ।
बाणगंगा नगरपालिकामा एमालेले नगर प्रमुख र उपप्रमुख सहित ६ वटा वडा जितेको छ । काँग्रेसले ४ वटा वडा र माओबादीले एउटा वडा जितेको छ ।

प्रतिक्रिया दिनुहोस्