कांग्रेस जिल्ला सभापतिलाई हराउंदै सुनवलमा एमाले विजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार १३:५० मा प्रकाशित

पालिकापत्र,सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमाले विजयी भएको छ ।
मेयरमा विमला अर्याल र उपमेयरमा सूर्यप्रसाद दुबे विजयी भएका छन् । अर्यालले नेपाली कांग्रेसका उमेदवार अर्जुनकुमार पोखरेललाई ३२ सय १८ मत अन्तरले पराजित गरेर विजयी भएकी हुन् । अर्यालले १४ हजार ८३८ ल्याउँदा पोखरेलले ११ हजार ६२० मत ल्याए । पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुन् ।
दुबेले माओवादी केन्द्रका लेखनाथ खरेललाई ४ हजार ९०८ मत अन्तरले पराजित गरेर विजयी भएका हुन् । दुबेको १३ हजार ७९८ र खरेलको ८ हजार ८९० मत आएको छ । त्यहाँ कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो ।
१३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्