हृदयेश त्रिपाठीको क्षेत्र प्रतापपुरमा कांग्रेस विजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार १३:५६ मा प्रकाशित

पालिकापत्र, प्रतापपुर । पुर्व मन्त्री हृदयेश त्रिपाठीको निर्वाचन क्षेत्र नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष पदमा उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टीका करम हुसेन मियाँलाई २२ सय मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । यादवले ६ हजार ८ र मियाँले ३८ सय ८ मत पाएका छन् । उपाध्यक्षमा कांग्रेसकै मानकुमारी चौधरीले जनता प्रगतिशिल पार्टीका उम्मेदवार अञ्जुकुमारी चौधरीलाई १६ सय ४६ अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । निर्वाचित अध्यक्ष चौधरीको ५८ सय ५५ र पराजित चौधरीको ४२ सय ९ मत छ । पराजित चौधरी यसअघि कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् । टिकट नपाएपछि चौधरी जप्रपामा गएर चुनाव लडेकी हुन् ।
यसैबीच ९ वटा वडा रहेको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसले ४, राप्रपाले २ र एमाले, माओवादी केन्द्र र जप्रपाले १÷१ वडाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्