रुपन्देहीको सियारी गाउंपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी


appharu

५ जेष्ठ २०७९, बिहीबार १९:५७ मा प्रकाशित

पालिकापत्र,सियारी । रुपन्देहीको सियारी गाउँपालिका अध्यक्षर उपाध्यक्ष दुबै पदमा नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा थानेश्वर घिमिरे एमालेका अयोध्या थारु भन्दा २ हजार ७ सय ७७ बढी मतले विजयी भएका हुन् । उपाध्यक्षमा तारा थारु निर्वाचित भएकी छन । २०७४ को चुनावमा दुबै पद एमालेले जितेको थियो । घिमिरेले १० हजार ४५ मत ल्याएर निर्वाचित हुंदा निकटतम प्रतिस्पर्धी एमालेका अयोध्या थारुले ७ हजार २ सय ६८ मत प्राप्त गरे । थारु गाउपालिकाका निवर्तमान अध्यक्ष हुन् । उपाध्यक्षमा निर्वाचित ताराले निकटतम प्रतिस्पर्धी एमालेकी अमृता गुरुङ भन्दा १ हजार ७ सय २१ बढी मत प्राप्त गरेर विजयी भएकी हुन् । थारुले ८ हजार ९ सय ९० मत पाउंदा गुरुङले ७ हजार २ सय ६९ मत प्राप्त गरिन् । गुरुङ पनि निर्वतमान उपाध्यक्ष हुन् ।

७ वटा वडा रहेको सियारीको वडा नम्बर १ मा राप्रपाका अरुण कुमार शाही, २ मा नेकपा एमालेका जनार्दन यादव, ३ मा कांग्रेसका रामचन्द्र कुर्मी , ४ मा कांग्रेसकै श्रीराम यादव अहिर, ५ मा पनि कांग्रेसका धनपति खरेल, ६ मा एमालेका शेरबहादुर गुरुङ र ७ मा कांग्रेसकै दिपक बहादुर शाही निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्