विष्णु पौडेलकै वडामा एमाले पराजित, कांग्रेसका पंगेनी विजयी


appharu

६ जेष्ठ २०७९, शुक्रबार ०६:४९ मा प्रकाशित

पालिकापत्र,बुटवल । एमाले उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल– ८ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडाअध्यक्ष पदमा भएको चुनावमा एमालेका पुर्व नगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३१ मतले पराजित गर्दै कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका छन् ।

वडाध्यक्षमा निर्वाचित कांग्रेसका पंगेनीले १५३९  मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अर्यालले १५०८ मत प्राप्त गरे ।

वडामा ३४३० मत खसेको थियो । यो वडा बुटवलका पुर्व नगर प्रमुख एवं प्रदेश सरकारका पुर्व मन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठ, एमाले नेता स्वर्गीय रामनाथ ढकालको पनि वडा हो । यो वडामा २०४९ सालयता पहिलोपटक नेपाली कांग्रेस विजयी भएको हो । चुनाव हार्ने आंकलन गरेर एमालेले कांग्रेस उम्मेदवार पंगेनी इभिनिङ वाकमा हिंडेका बेला पैसा बांड्न हिंडेको झुटो आरोप लगाएर चुनावी माहोल बिथोल्न खोजेपनि त्यो सफल नभएको कांग्रेस युवा नेता गोपाल पाण्डेले बताए । आफ्नै वडामा एमालेका वडाध्यक्ष उम्मेदवार पराजित भएपछि विष्णु पौडेल बुटवलमा कमजोर र निरीह बनेको एमालेकै पुराना कार्यकर्ताले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्