केपी ओलीको गृहनगरमा एमाले पराजित, राप्रपा विजयी


appharu

६ जेष्ठ २०७९, शुक्रबार ११:०६ मा प्रकाशित

पालिकापत्र,दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले पराजित भएको छ । दमकको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले पराजित गरे । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६६ मत पाएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी भएकी छन् । उनले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत पाएर पराजित भएकी छन् । आफ्नै नगरपालिकामा एमाले पराजित भएपछि ओलीमाथि नैतिक दवाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्