बुटवलमा ७५ सय मतान्तरले जित्दै खेलराजले ढाले एमाले किल्ला


appharu

७ जेष्ठ २०७९, शनिबार १६:०४ मा प्रकाशित

पालिकापत्र,बुटवल । बुटवलको मेयर पदमा ५ दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । २०७४को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय ९८ मतले पराजित भएका पाण्डेले यसपटक पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेर एमालेका बाबुराम भट्टराईलाई ७५३३ मतान्तरले पराजित गरेका हुन् । नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका उनलाई नेपाली कांग्रेससहितका सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो । खेलराज पाण्डेयले ३०१३० मत पाउंदा एमालेका बाबुराम भट्टराईले २२५९७ र राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४२९७ मत पाएका छन् ।
पाण्डेयको यो जितसंगै कांग्रेसले २५ वर्षपछि एमालेको किल्ला ढालेको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।
नेकपा एमालेको विभाजन, राष्ट्रिय राजनीतिमा आएको फेरबदलसंगै बनेको ५ दलीय गठबन्धन र उम्मेदवार पाण्डेयको सरल व्यवहार र व्यक्तिगत लोकप्रियताका कारण बुटवलमा एमालेको किल्ला भत्किएको विश्लेषण गरिएको छ ।
उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल निर्वाचित भएकी छन् । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई पराजित गर्दै अर्याल निर्वाचित भएकी हुन् । अर्यालले २४९०४, एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १६९८० र राप्रपाकी भगवती पाण्डेले ६५२९ मत पाएकी छन् ।
अघिल्लो निर्वाचनमा पराजित भएपनि पाण्डेय निरन्तर मतदाताको घरदैलोमा जाने र समस्या समाधानको पहल गर्दथे । मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोरबाट प्रभावित झण्डै ४ हजार परिवारको वैकल्पिक व्यवस्था गरेर मात्रै यी आयोजना अघि बढाउनुपर्ने स्थानीयको मागमा खेलराजले दरिलो साथ दिए । यस्तै सुकुम्बासी र अव्यवस्थित बसोबासी तथा ज्योतिनगर पहिरो प्रभावितको समस्यामा पनि उनले निरन्तर आवाज उठाए । यही कारण पाण्डेयले सहज जित निकालेका हुन् ।
बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।
बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्ति समेत एमालेबाट खोसिने संकेत देखिएको छ ।
नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशकअघिको शाख फर्काएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डे जित हासिल गरेका छन् ।
यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मत अन्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बरभन्दा बढी मत अन्तरले जितेका हुन् ।
पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गरे । पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले खुम्चिएको छ ।
बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । यसैगरी एमालेले वडा नंं १०, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले २ दशकपछि नेकपा एमालेबाट नेतृत्व फर्काउन सफल भएको छ ।
यसअघि बुटवलमा २०४९ सालमा भएको स्थानीय चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधान बुटवलका मेयर बनेका थिए । २०५४ सालमा भएको स्थानीय चुनावमा प्रधान एमालेका भोजप्रसाद श्रेष्ठसँग पराजित भएका थिए ।
मेयरमा पराजित प्रधानले दुई वर्षपछि २०५६ को संसदीय चुनावमा टिकट पाएर सांसद बने । त्यसबेला कांग्रेसका प्रधानसँग एमालेका विष्णु पौडेल पराजित भएका थिए ।
२०४८ सालको पहिलो आमनिर्वाचनमा बुटवल र आसपासका क्षेत्र समेटिएको तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट कांग्रेसका बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
२०५१ सालको मध्यावधि निर्वाचनमा उनै खाँण एमालेका मोदनाथ प्रश्रितसँग पराजित भएका थिए ।
पछिल्लो समय नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर समेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो । २०६४ र २०७० सालमा सम्पन्न संविधान सभा निर्वाचन र २०७४ सालको संघीय निर्वाचनमा पौडेल बुटवलबाटै निर्वाचित भएका थिए । ८ वर्षअघिको चुनावमा हारेका पौडेल २०६४ सालको संविधान सभाको चुनावमा बुटवलसमेत रहेको निर्वाचन क्षेत्रबाटै विजयी भएका थिए । उक्त पहिलो संविधान सभाको निर्वाचनमा माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा झरेको थियो ।
तर, २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढलाएका पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आँकलन गरिएभन्दा बढी कमजोर बनाएको छ । पाण्डेको जितसँगै बुटवलबाट एमालेको दबदबा हटेको छ ।
बुटवलमा पाण्डेले जितेसँगै आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको शक्ति समेत एमालेबाट खोसिने संकेत देखिएको छ ।
को हुन् खेलराज पाण्डे ?
५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी– २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन् ।
१३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आबद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन् ।
आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए ।
त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् ।
विद्यार्थी राजनीतिपछि तरुण दलमा आबद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए ।
२०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर पार्टी र सामाजिक काममा क्रियाशील छन् ।
श्रीमती सीता भट्टराई पाण्डे र छोरा अभिषेक पाण्डेका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र तल्लो टोल कमिटीसम्म परिचित व्यक्ति हुन् ।

जीवनयात्रा
नाम – खेलराज पाण्डेय
जन्म – बिस २०२६ फागुन ५ गते
बुबा –लिलाबल्लभ पाण्डेय
आमा – तारादेबी पाण्डेय
स्थान – साबिक आलमदेबी २ हाल कालिगण्डकी २
श्रीमती –सीता भट्टराइ (पाण्डेय)
छोरा –अभिषेक पाण्डेय
शिक्षा –स्नातकतह
निवास – बुटवल ६ रुपन्देही

राजनीति
–२०३९ बाट आरम्भ
– आदर्श माबि स्याङजा नेबिसंघ सदस्यता बिस २०३९
–जनता माबि पाल्पा जेभिटी नेबिसंघ समिति २०४०
–त्रिबिमा बिज्ञान संकाय पाल्पा इकाइ २०४३
–अमृत साइन्स क्याम्पस काठमाडौं नेबिसंघ सचिब २०४४—२०४६
–२०४७ बुटवल बहुमुखी क्याम्पस नेबिसंघ उपसभापति
–२०५२ नेबिसंघ सचिव रुपन्देही
–२०५९ तरुण दल जिल्ला अध्यक्ष
–२०६० तरुण दल केन्द्रिय सदस्य
–२०६७ मा नेपाली कांग्रेस नगर सभापति बुटवल
–२०७२ नगर विकास समिति बुटवलको अध्यक्ष
–२०७२ नेपाली कांग्रस बुटवल उपमहानगर समितिको सभापति (दुई कार्यकाल)
(((((((((((((((((((

प्रतिक्रिया दिनुहोस्